चितवनको जलवीरेमा माइक्रोबस दुर्घटना
काठमाडौं । चितवनको जलवीरेमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ग १ ख ९१५५ नम्बरको माइक्रोबस सोमबार बिहान ४ बजे सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
पूर्वीनवलपरासीको कावासोतीबाट हिँडेको माइक्रोबसको गन्तव्य काठमाडौं थियो ।
घटनामा कावासोती नगरपालिकाकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरेर पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय, मुग्लिनले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया