मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजस्व संकलन
भद्रपुर । मेची भन्सार कार्यालयबाट गत आवमा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार अनुसार गत आव २०८०/८१ मा कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापार घाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार रुपैयाँ पुगेको छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०र८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार रुपैयाँ बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ ।
उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार रुपैयाँ आयात र २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ निर्यात रहेको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया