मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजस्व संकलन
भद्रपुर । मेची भन्सार कार्यालयबाट गत आवमा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार अनुसार गत आव २०८०/८१ मा कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापार घाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार रुपैयाँ पुगेको छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०र८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार रुपैयाँ बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ ।
उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार रुपैयाँ आयात र २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ निर्यात रहेको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया