पर्सामा सवारी दुर्घटना : वर्षमै गयो ५१ को ज्यान
वीरगञ्ज । आर्थिक वर्ष २०८०–८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ ले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एक बालिकाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०–८१ मा एक तिहाइले बढेको बताए ।
आव २०७९–८० मा भने २९ पुरुष, पाँच–पाँच महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताउँछन् । आव २०८०–८१ मा सात सय ९६ र आव २०७९–८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया