संयोगले बाँचेका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । एक साताअघिको विमान दुर्घटनामा संयोगले बाँचेका सौर्य एयरलाइन्सका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले उनलाई बिहीबार बेलुका डिस्चार्ज गरेको हो । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको डा.मिना थापाले जानकारी दिइन् ।
काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान गत ९ साउनमा दुघएटनामा परेको थियो । नियमित मर्मतका लागि पोखरा लैजान लागिएको जहाज उडेलगत्तै विमानस्थलभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा कोपाइलटसहित १८ जनाले ज्यान गुमाएपनि पाइलट शाक्य संयोगले बाँच्न सफल भएका हुन् ।
दुुर्घटना भएको विमान विमानस्थलको छेउमा रहेको कन्टेनरमा ठोक्किदा दुई टुक्रा भएको थियो । ककपिटतर्फको भाग टुक्रिएको थियो । ककपिटमा ठूलो क्षती नहुँदा पाइलट शाक्य बाँच्न सफल भएका हुन । उनलाई तत्कालै सुरक्षाकर्मीले उद्धार गरी अस्पताल लगेका थिए । उनको हड्डी भाचिएको थियो ।
दुर्घटनाग्रस्त जहाजबाट निस्कदै पाइलट शाक्य
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया