पेपेले लिए सन्यास
काठमाडौं। पोर्चुगलका डिफेन्डर पेपेले सन्यास लिएका छन् । ४१ वर्षीय पेपेले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।
आफ्नो खेल जीवनमा उनले पोर्चुगलका लागि १४१ खेल खेलेका छन् । अन्तिम पटक युरो कपको क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध उनी मैदानमा उत्रिएका थिए । जसमा पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध हुँदै पोर्चुगल प्रतियोगिताबाटै बाहिरिएको थियो । आफ्नो खेल करिअरको अन्तिम खेलमा पराजित बनेपछि उनी रुन पुगेका थिए । जसले मैदानको वातावरणलाई निकै भावुक बनाएको थियो ।
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका आफ्ना पूर्वसहकर्मीलाई बधाई ज्ञापन गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया