पृथ्वी राजमार्गको दुई स्थानमा पहिरो, आवागमन अवरुद्ध
काठमाडौं । पृथ्वी राजमार्गको दुई स्थानमा पहिरो खसेपछि आवागमन ठप्प भएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाले मौवाखोलामा पहिरो र चुम्लिङटारमा ढुंगा खसेपछि आवागमन दुईतर्फी अवरुद्ध बनेको हो ।
सुरुमा मौवाखोलामा खसेको पहिरो हटाएर एकतर्फी सवारी आवागमन गराइएको थियो । त्यसको केही समयपछि चुम्लिङटारमा पनि ढुंगा खसेपछि दुईतर्फकै आवागमन ठप्प भएको हो ।
देशकै मुख्य राजमार्ग पहिरोले अवरुद्ध बनेपछि दुईतर्फ नै सवारीको लामो लाइन लागेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले सडकमा खसेको पहिरो र ढुंगा हटाएर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया