कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टचार मुद्दा दायर

काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।
आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया