भदौमा १२ वाणिज्य बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । भोलिबाट भदौ महिना सुरू हुँदैछ । वाणिज्य बैंकहरूले भदौको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौ महिनाका लागि १२ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १२ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् ।
घटाएर ब्याजदर सार्वजनकि गर्ने बैंकहरूमा प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, सानिमा, सिद्धार्थ, एनएमबी, हिमालयन, एभरेस्ट, कृषि विकास हुन् ।
भदौको लागि सात वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । ती बैंकहरूमाम स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारी रहेका छन् ।
त्यस्तै प्राइम कमर्सियल बैंकले भने निक्षेपमा ब्याजदर बढाएर सार्वजनिक गरेको छ ।
प्रभु बैंकले व्यक्तिगत निक्षेपतर्फ ६.१ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै सानिमा ६.२, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत ब्याज दिने भएको छ ।
एनआईसी एसिया ७.४१, राष्ट्रिय वाणिज्यले ६.०७ प्रतिशत, नेपाल एसबीआईले ६.२५, सिद्धार्थ ६.५, एनएमबी ७.४१, हिमालयन ७ र एभरेस्ट ६.१ र कृषि विकास बैंकले ६.०६५ प्रतिशत ब्याज दिने भएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया