रामेछापमा पहिरोले ३ घर बगायो, २ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षापछि रामेछापमा गएको पहिरोले तीन घर बगाउँदा २ जनाको मृत्यु भएको छ । केही हराइरहेका छन् ।
शैलुङ गाउँपालिका–३, लेखर्कमा गएराति पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रामेछापले घटनामा दुई जनाको ज्यान गएको र केही हराइरहेको खबर प्राप्त भए पनि विस्तृत विवरण आइनसकेको जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै टोकरपुर र दोरम्बाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा खोजी कार्यमा जुटेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया