NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २५ गते

सर्पदंशबाट सिरहामा एक युवतीको मृत्यु

काठमाडौं । सर्पदंशबाट सिरहामा एक युवतीको ज्यान गएको छ । सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिता कुमारी सदाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

गएराति १२ बजे सुतिरहेका बेला गोमन सर्पले टोकेपछि उनलाई लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो । झारफुक गरेर निकै ढिलो गरी अस्पताल पु–याइएकी उनलाई त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषित गरे ।

तराई क्षेत्रमा वर्षा तथा गर्मी मौसममा सर्पदंशका घटना बढ्ने गरेका छन् । सर्पले डसेपछि तत्काल खोप लगाउन अस्पतालमा लैजानुपर्नेमा अशिक्षा तथा अन्धविश्वासका कारण धामी–झाँक्रीकोमा लगिँदा बिरामीकाे ज्यान जाने गरेकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष