सर्पदंशबाट सिरहामा एक युवतीको मृत्यु
काठमाडौं । सर्पदंशबाट सिरहामा एक युवतीको ज्यान गएको छ । सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिता कुमारी सदाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
गएराति १२ बजे सुतिरहेका बेला गोमन सर्पले टोकेपछि उनलाई लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो । झारफुक गरेर निकै ढिलो गरी अस्पताल पु–याइएकी उनलाई त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषित गरे ।
तराई क्षेत्रमा वर्षा तथा गर्मी मौसममा सर्पदंशका घटना बढ्ने गरेका छन् । सर्पले डसेपछि तत्काल खोप लगाउन अस्पतालमा लैजानुपर्नेमा अशिक्षा तथा अन्धविश्वासका कारण धामी–झाँक्रीकोमा लगिँदा बिरामीकाे ज्यान जाने गरेकाे छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया