प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँचौ वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०/८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले आयोगले निष्पक्ष रुपमा कर्मचारी छनौट र सिफारिस गरेको बताए । उनले मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राखे । प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निष्पक्षतामा देखिएको बताए ।
उनले भने, “आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा प्रदेशको मोरङ जिल्ला बाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बन्न आवश्यक छ ।”
आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०/८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्याहरु कुल ४६४ पद रहेको जानकारी दिए।
यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तहतर्फ १४, आन्तरिक अन्तर सेवातर्फ चार गरी जम्मा ३५० का लागि विज्ञापन प्रकाशन गरिएको थियो । साथै वढुवातर्फ ११४ पदका लागि सूचना प्रकाशन गरेको उनले जानकारी दिए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया