NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

नेप्से इन्डेक्स घट्दा पनि कसरी कमाउन सकिन्छ ?

काठमाडाैं । झण्डै तीन वर्ष ओरालो लागेको सेयर केही महिनायता उच्च अंकको वृद्धिले उकालो लाग्याे । नयाँ सत्ता समिकरण त्यसमा पनि अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन भएसँगै लगानीकर्ता पनि उत्साहित देखिएका छन् । विसं २०७८ सालमा उच्च विन्दु अर्थात ३१ सय ३९ मा पुगेर निरन्तर खस्किएको पुँजीबजार १८ सय विन्दुसम्म पुग्यो । नेप्से इन्डेक्स केही दिनअघि तीन हजार पुगेको थियो अहिले  भने केहि घटेर २८ सयमा आएको छ ।

नेप्से इन्डेक्समा जुन किसिमले ठूलो परिवर्तन आएको छ यसलाई सेयर विज्ञहरुले अस्भाविक रुपमा लिँदै आएका छन् । त्यस्तै सेयर बजारको मूल्य निर्धारण जुन तत्वहरुले हुनुपर्ने हो त्यसको साटोमा अरु नै कुराहरुले निर्धारण भइरहेको छ ।

मूख्यतया इन्डेक्सको कुरा गर्दा माग र आपूर्तिलाई वस्तुले निर्धारण गर्छ । वस्तु भन्नाले कम्पनीको पर्फमेन्स । त्यो कम्पनीले प्रतिफल दिएको छ कि छैन, दिन सकिने स्थिति के छ त्यो हेरिन्छ । अर्को मूलुकको अर्थतन्त्र । कम्पनीले राम्रो प्रतिफल दिनको लागि देशको अर्थतन्त्र चलयामन हुनुपर्छ । अर्थतन्त्र चलेको छैन तर कम्पनी मात्रै चल्ने भन्ने हुँदैन । अर्को लगानीकर्ताको धारणा । बजारमा आएका सूचनालाई सबै लगानीकर्ताले एउटै तरिकाले बुझ्छन् भन्ने हुँदैन । यसलाई हेर्ने दृष्टिकोण फरक फरक हुन्छ । यी नै कुराले बजारको मूल्य निर्धारण हुने हो ।

नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीका अनुसार यी कुराले भन्दा पनि पुँजीबजार अरु नै कुराले बजारको मूल्य निर्धारण हुने गरेको पाइएको छ । जस्तो हल्ला ।

‘यो कम्पनीको मूल्य यति पुग्छ रे, कसैले बजार पाँच  हजारदेखि ६ हजार पुग्छ भन्छ । कसैले यो कम्पनीको मूल्य यति पुग्छ भनेर हल्ला गरेको छ । बजारमा हेर्दा पनि लगानी गर्नेहरुभन्दा ट्रेडिङ गर्नेहरु धेरै भए । चर्चित लगानीकर्ता वारेन बफेटले भनेका छन् ‘एकपटक सेयर किनेपछि पाँच वर्षसम्म ढुक्कले सुत ।’ तर हामीकहाँ त ट्रेडरहरुलाई यही हल्ला नै उपयुक्त छ ।

पुँजीबजारलाई  ड्राइभ गर्ने भनेको मान्छेको लोभ र डरले नै हो । डर बढी भयो भने डुब्ने मौका कम हुन्छ तर लोभ बढी गर्दा आफ्नो लगानी जोखिममा पर्न जान्छ । यी दुई कुरालाई लगानीकर्ताले व्यवस्थापन गर्न सकियो भने पुँजीबजारबाट कहिल्यै घाटा व्योहोर्नुनपर्ने गिरीको भनाइ छ ।

पुँजीबजारका यी र यस्तै विषय केन्द्रित रहेर नेपालवाच र फाइनासियल लिट्रेसी नेपालको सहकार्यमा निर्मित टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ मा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दहालले नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीसँग  कुराकानी गरेका छन् : हेर्नुहोस् पूरा भिडियो :