NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

दुई सचिवको सरुवा

काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । उपराष्ट्रपति कार्यालयमा कार्यरत मधु कुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा जिम्मेवारी दिइएको छ । आयोगमा कार्यत डा. तोयनारायण ज्ञवालीले मुख्यसचिव बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि सचिव पद रिक्त थियो ।

त्यस्तै, गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । बिहीबारकै मन्त्रिपरिषद्को बैठकअनुसार सो सरुवाको निर्णय भएको हो । सो बैठकले गोकर्णमणि दुवाडीलाई गृहसचिवमा सरुवा गरेको थियो भने सहसचिव गोविन्द कार्कीलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवा पदस्थापन गरेको छ ।