माओवादी केन्द्रको मधेस प्रदेशको परामर्श बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ ।
दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी छन्।
बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । उनले रुपान्तरण सम्भव भएको र त्यसको विकल्प नभएको बताए ।
“माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ”–उनले भने, “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” उनले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताए ।
माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
ताजा अपडेट
-
बाँझिएको पाखोबारीमा झाडी फाडेर विद्यार्थीले गरे तरकारी खेती
-
असार बित्न लाग्दा पनि परेन पानी, खेतमै सुक्यो धानको ब्याड
-
प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान
प्रतिक्रिया