NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

निरन्तर घट्दै बैंकहरूको ब्याजदर, कुन बैंकले कति घटाए ?

काठमाडाैं । आज असोज १ गतेदेखि लागु हुने गरेर वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाका लागि सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १० वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । ९ वाणिज्यले बैंकले व्यक्तिगततर्फ भदौ महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । कृषि विकास बैंक र नेपाल बैंकले भदौ महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् ।

त्यस्तै ८ बैंकले असोज महिनामा ब्याजर स्थिर राखेका छन् । असोजको लागि ब्याजदर स्थिर राख्ने बैंकहरूमा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् ।

असोज महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने वाणिज्य बैंकहरूमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेष्ट छन् ।

असोजमा व्यक्तिगत निक्षेपतर्फत सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । एनआईसी एसियाले व्यक्तिगत निक्षेपतर्फ ७.१८ प्रतिशत ब्याज दिने भएको छ ।

असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर सानिमाले ५.९ प्रतिशत दिने भएको छ । यसबाहेक कृषि विकास बैंकले अधिकतम ब्याजदर ६.०७, राष्ट्रिय वाणिज्य बैंक ६ प्रतिशत, लक्ष्मी सनराइज ६.५०, ग्लोबल आईएमई ६.२५, कुमारी बैंक ६.०१, प्राइम ६.०१, नेपाल बैंक ५.९५, नबिलले ६.७५ प्रतिशत अधिकतम ब्याज दिने भएको छ ।