NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा आकर्षित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्न संसदीय छानविन समितिले सिफारिस गरेपछि त्यसउपर आ–आफ्नो दृष्टिकोणबाट ब्याख्या भइरहेको छ । समितिले सहकारीको पैसा गोर्खा मिडियामा लैजान भूमिकामा लामिछानेको संलग्नता नदेखिएको तर त्यो पैसा खर्च गर्न संलग्न रहेको भन्दै प्रचलित कानुनअनुसार कारबाहीको सिफारिस गरेको हो ।समितिले कुन कानूनअनुसार कारबाही भनेर उल्लेख गरेको छैन ।

सहकारी ठगीमा प्रहरीले सामान्यतया सहकारीका सञ्चालकहरुलाई ठगी मुद्दा चलाउँछ । संसदीय छानविनअनुसार लामिछानेमाथि सहकारी ठगी प्रत्यक्ष रुपमा आकर्षित हुने सम्भावना कम छ । किनकी यसरी सहकारीको पैसा अन्य कम्पनीमा लगेको आधारमा ती कम्पनीका सञ्चालकलाई प्रहरीले यसअघि कुनै पनि मुद्दामा कारबाही गरेको छैन । लामिछानेले ऋण पनि लिएको देखिएको छैन ।

तर, लामिछानेमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धि मुद्दा भने आकर्षित हुनसक्ने प्रहरी अधिकारी बताउँछन् । सहकारी ठगीको पैसा टेलिभिजनमा लगाएर शुद्धीकरण गरेको कसुर आकर्षित हुनसक्छ । लामिछाने सो टेलिभिजनका शेयरधनी थिए । पछि टेलिभिजन छाडेर राजनीतिमा लागेका हुन् । शेयर बिक्रि गर्दा भने लामिछानेले पैसा नलिएकाले नैतिक रुपमा भने भने उनी बलियो छन् । यद्यपी टेलिभिजनका खर्चसम्बन्धि निर्णय प्रक्रियामा संलग्न रहेकाले सम्पत्ति शुद्धीकरणको कसुरमा भने जोगिन उनलाई कठिन हुने देखिन्छ ।