NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

पक्राउ पूर्जी जारी भएसँगै दुर्गा प्रसाई फरार

काठमाडौं । साइबर अपराधको कसुरमा व्यवसायी दुर्गा प्रसाईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले बुधबार पक्राउ अनुमति दिएको हो ।
प्रहरीले साइबर अपराध मुद्दामा उनलाई पक्राउको अनुमति मागेको थियो । जसमा बुधबार अनुमति भएको जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार रामु शर्माले बताए ।
पछिल्लो समय नेताहरुविरुद्ध जथाभावी बोलेको र समाज भड्काउने अभिव्यक्ति दिएको भन्दै सरकारकै निर्देशनअनुसार प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो ।
यद्यपी प्रसाई भूमिगत भइसकेका छन् । बुधबार साँझ उनको घरमा सादा पोशाकका प्रहरी पुगेपनि उनलाई नभेटेपछि फर्किएका छन् ।