प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरू विरुद्ध उजुरी आह्वान गरेको छ ।
प्रधानन्यायाधीश र राजदूतमा सिफारिस व्यक्तिविरुद्ध उजुरी आह्वान गरेर संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रबन्ध अनुसार संघीय संसदको संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो ।
समितिले उनीहरूविरुद्ध उजुरी दिन १० दिनको समय दिएको छ । समितिको कार्यालयमै गएर वा टेलिफोन तथा इमेलमार्फत उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।
प्रमाणसहित उजुरी दिन भनेको समितिले उजुरीकर्ताले चाहेको खण्डमा परिचय गोप्य राखिने स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को गत सोमबार सम्पन्न बैठकले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको थियो । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअगावै नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि केही ढिलो गरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछिको वरीयतामा रहेका राउतको नाम सिफारिस भएकाे हो । श्रेष्ठ आगामी असोज १८ बाट अवकाशमा जाँदैछन् ।
त्यस्तै, मन्त्रिपरिषद्बाट बेल्जियमको राजदूतमा सेवा लम्साल र अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरिएको थियो । लम्साल परराष्ट्र मन्त्रालयको बहालवाला सचिव हुन् भने यादव कांग्रेसको नेत्री हुन् ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया