प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान
काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरू विरुद्ध उजुरी आह्वान गरेको छ ।
प्रधानन्यायाधीश र राजदूतमा सिफारिस व्यक्तिविरुद्ध उजुरी आह्वान गरेर संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रबन्ध अनुसार संघीय संसदको संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो ।
समितिले उनीहरूविरुद्ध उजुरी दिन १० दिनको समय दिएको छ । समितिको कार्यालयमै गएर वा टेलिफोन तथा इमेलमार्फत उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।
प्रमाणसहित उजुरी दिन भनेको समितिले उजुरीकर्ताले चाहेको खण्डमा परिचय गोप्य राखिने स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को गत सोमबार सम्पन्न बैठकले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको थियो । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअगावै नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि केही ढिलो गरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछिको वरीयतामा रहेका राउतको नाम सिफारिस भएकाे हो । श्रेष्ठ आगामी असोज १८ बाट अवकाशमा जाँदैछन् ।
त्यस्तै, मन्त्रिपरिषद्बाट बेल्जियमको राजदूतमा सेवा लम्साल र अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरिएको थियो । लम्साल परराष्ट्र मन्त्रालयको बहालवाला सचिव हुन् भने यादव कांग्रेसको नेत्री हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया