सिडिएसीले लिने शुल्क महंगो भएकै हो ?
सिडिएस एण्ड क्लियरिङ के हो, यसले कसरी काम गर्छ ?

काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरुलाई विभिन्न सेवासुविधा दिएबापत् शुल्कहरु लिने गर्छ । सिडिएसीले लिने शुल्कहरु महंगो भयो भन्ने लगानीकर्ताको गुनासो पनि व्यापक सुनिन्छन् ।
यस सम्बन्धमा लगानीकर्ता नानीबाबु खरेल राज्यमा बस्ने निकायले शुल्क लिएर भत्ता खाने नहुने बताउँदै शुल्क लिनुपर्ने भए घटाउनपर्ने माग राख्छन् । त्यस्तै सिडिएसीले लिने विभिन्न शुल्कहरुमा सरकारले विचार गर्नुपर्ने धारणा राखे । त्यस्तै उनले सेयर सेटलमेन्ट नगरेबापत् लगानीकर्ताबाट क्लोजआउटबाट लिने २० प्रतिशत शुल्क तत्काल हटाउनुपर्ने बताए ।
अर्का लगानीकर्ता कुमार सिंह कार्कीले सेयर किन्दा पनि बेच्दा पनि काटिने शुल्कमा संशोधन हुनुपर्ने माग राखे । उनी कि बेच्दा कि किन्दा मात्रै शुल्क लगाउनुपर्ने बताउँछन् । अर्का लगानीकर्ता भास्कर घिमिरेको भनाई पनि उस्तै छ । किन्दा, बेच्दा या घाटा लाग्दा पनि लिने शुल्क खेदजनक भएको बताए ।
त्यस्तै निता दाहल मेरो सेयर रिन्यु, आइपिओ भर्दा लिने शुल्क महंगो भयो बताउँदै त्यसलाई घटाएर सबैलाई हुने शुल्क समायोजन गर्नुपर्ने बताउँछिन् ।
सिडिएस एण्ड क्लियरिङका कामु प्रमुख कार्यकारी अधिकृृत कञ्चन सापकोटाले सिडिएसीले लिने शुल्क आफै निर्धारण गर्ने नभएर विनियमलीअनुसार नै हुने गरेको प्रष्ट पारिन् । त्यस्तै भखरै मात्र आस्वा शुल्क दुई रुपैयाँबाट घटाएर एक रुपैयाँमा झारेको समेत उनले बताइन् । उनका अनुसार लगानीकर्ताबाट लिने शुल्क सबै सिडिएसीले मात्रै नभएर डिपी कम्पनीहरुले पनि लिने गरेको बताइन् । लगानीकर्ताबाट लिने ९० प्रतिशत शुल्क डिपी कम्पनीहरु र बाँकी १० प्रतिशत मात्रै सिडिएसीले लिने गरेको उनले स्पष्ट पारिन् ।
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारको टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा सिडिएस एण्ड क्लियरिङले गर्ने काम, अन्डराइटिङ, सिडिएसीले लिने शुल्कलगायत विषयमा केन्द्रित छ । यी विषयहरुमा केन्द्रित रहेर नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले सिडिएस एण्ड क्लियरिङका कामु प्रमुख कार्यकारी अधिकृृत कञ्चन सापकोटासँग गरेको कुराकानीको भिडियो हेर्नुहोस् :
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया