सेबोन अध्यक्षका लागि ‘सर्ट लिस्ट’ मा परेका तीन जनालाई अन्तरवार्ताका लागि आह्वान
काठमाडाैं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने आवेदकहरुमध्ये ‘सर्ट लिस्ट’ मा समावेश भएका तीन जनालाई अन्तरवार्ता र व्यवसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वातको लागि बोलाएको छ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिको असोज ९ गतेको निर्णय अनुसार आवेदकहरुमध्ये ‘सर्ट लिस्ट’ मा समावेश भएका तीन जनालाई अन्तर्वातको लागि बोलाएको हो।
सर्ट लिस्टेड’ उम्मेद्वारहरुलाई असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय, सिंहदरबारमा बोलाइएको छ ।
‘सर्ट लिस्टेड’ उम्मेद्वारहरूमा कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारी छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन



प्रतिक्रिया