सिटिइभिटीको निर्धारित परीक्षा स्थगित
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आफ्ना सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
अविरल वर्षाले सिर्जित परिस्थिति मध्यनजर गर्दै सिटिइभिटीले आइतबारका लागि तय परीक्षा स्थगित गरेको हो ।
बाढी, डुवान र पहिरोका कारण विद्यार्थीको आवतजावत प्रभावित भएकाले नेपाल सरकारको समेत निर्णयलाई अंगीकार गरेर आइतबारका लागि तय परीक्षा स्थगित गरिएको सिटिइभिटीले एक सूचनामार्फत जनाएको छ ।
आइतबार सिटिइभिटीले डिप्लोमा र प्रमाणपत्र तहको परीक्षा गर्ने तालिका थियो ।
सिटिइभिटीका अनुसार, स्थगित परीक्षाको तालिक पछि सार्वजनिक गरिनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम



प्रतिक्रिया