NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २९ गते

कसरी बन्ने सफल व्यवसायी ?

काठमाडाैं । सफल उद्यमी हुने सूचीमा तुलनात्मक रुपमा कम मान्छेमात्रै पर्छन् । तीमध्ये एक हुन् जिवा लामिछाने ।

एउटा गरिब किसान परिवारमा जन्मिएका लामिछाने अहिले नेपालका सबैभन्दा धनीमध्येमा पर्छन् ।  हाल उनका स्वदेश तथा विदेशका विभिन्न ठाउँमा होटल व्यवसाय सञ्चालनमा छन् ।

चितवनको पद्मपुर गाउँमा विस २०२३ सालमा जन्मिएका लामिछानेले स्थानीय सरकारी विद्यालयबाट सन् १९८३ मा प्रथम श्रेणीमा एसएलसी परिक्षा उत्तीर्ण गरे । लामिछानेले सन १९८६ मा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा सर्वोत्कृष्ट अंकसहित प्रवीणता प्रमाणपत्र तह पूरा गरेपछि नेपाल सरकारको छात्रवृत्तिमा तत्कालिन सोभियत संघको मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट सन् १९९२ मा स्नातकोत्तर उतिर्ण गरे ।

सन् १९९२ मा मस्कोमा इलेक्ट्रोनिक व्यापार शुरु गरेका लामिछानेले नेपालमा बैंक, वीमा, शिक्षा, स्वास्थ्य, सिमेन्ट, जलविद्युत आदि क्षेत्रमा लगानी गरेका छन् । उनी सन् २०१२ देखि युरोपमा होटल व्यवसायमा पनि संलग्न छन्। उनी आबद्ध समूहले ट्रिप इन होटलमार्फत जर्मनी र युरोपका विभिन्न सहरहरुमा होटल सञ्चालन गर्दै आएको छ ।

उनी स्वदेश तथा विदेशमा रहेका विभिन्न सामाजिक तथा परोपकारी संस्थामा पनि आबद्ध छन् ।

लामिछानेको अनुभवमा सफल उद्यमी बन्नको लागि पहिलो कुरा आफूलाई के मा रुची छ, त्यो रुचीलाई पहिचान गर्नुपर्यो र पूरा गर्नलाई सपना देख्नुपर्ने बताउँछन् । सपना देख्दा सम्भव हुने खालको मात्रै सपना देख्नुपर्ने उनको भनाइ छ । देखेका सपना पूरा गर्नलाई इमान्दारितापूर्वक समर्पित भएर लाग्नुपर्छ ।

नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारिएको टेलिभिजन कार्यक्रम ‘कुरा पैसा’ मा उनै सफल उद्यमी लामिछानेसँग उद्यम/व्यवसायसँग सम्बन्धित रहेर नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दहालले कुरा गरेका छन् :

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष