सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर
जलेश्वर । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ ।
यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ । मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दसैँमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ ।
त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी, दरभङ्गा र मुज्जफरपुरबाट पनि दर्शनार्थी आउने गरेका छन् । त्रिशूली मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया