टोखा–छहरे सडकमा सवारी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
काठमाडौं । टोखा–छहरे सडक खण्डमा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते छन् ।
काठमाडौंबाट लमजुङका लागि हिँडेको बा १४ च ३८५५ को हायलक्स गाडी बिहान ८ बजे नुवाकोटको काफलडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालकको ज्यान गए पनि परिचय खुल्न बाँकी छ । दुर्घटनामा दुई जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ ।
६ जना सवार रहेको गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।
असोज १० र ११ गतेको अविरल वर्षाले पृथ्वी राजमार्गको यात्रा कष्टपूर्ण बनेपछि टोखा–छहरे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ । उक्त गाडीले पनि नुवाकोटको मार्ग हुँदै शनिबार बिहान लमजुङको गन्तव्य समातेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया