गृह मन्त्रालयले थाल्यो प्रहरी अस्पतालकी डाक्टर सिंहमाथि कारबाही प्रक्रिया
काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सिक डा. शिवानी सिंहलाई कारबाही गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।
प्रहरी अस्पतालको रेडियोलोजी शाखामा दरबन्दी भई छाला रोग विभागमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. सिंह बिदा स्वीकृत बेगर ९० दिनभन्दा बढी समय अनुपस्थित रहेपछि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।
डा. सिंह साउन ६ गतेदेखि आफू कार्यरत नेपाल प्रहरी अस्पतालमा हाजिर हुन आउनुपर्नेमा नआएपछि प्रहरी प्रधान कार्यालयले उनीबारे खोजतलास गर्नुका साथै हाजिर हुन सूचना समेत टाँस गरेको थियो । प्रहरी प्रधान कार्यालयले सोधीखोजी गर्दासमेत डा. सिंह भने सम्पर्कमा आइनन् । त्यसपछि गृहले आइतबार एक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएकाे हाे।
स्पष्टीकरणका लागि बाटोको म्यादबाहेक सात दिनको समय दिएको गृहले यसको अटेरी गरेको खण्डमा प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने जनाएको छ । प्रहरी ऐनमा कुनै पनि कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया