सप्तकोसीमा ‘जेट बोट’ सञ्चालन सुरु
धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।
नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।
केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, “चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।”
हाल सुनसरीको चतरादेखि बराह क्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।
आज विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गरेका थिए ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया