काठमाडौंको सीतापाइलामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सितापाइला सोल्टी दोबाटो चोकमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार रहेको प्रहरीले जनाएको छ ।सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७० नम्बरको इभी गाडीले बा ४४ प ५९०१ नम्बरकोमोटर साइकललाई आइतबार राति ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियारलाई स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीले इभी गाडीका चालकलाई नियन्त्रणमा लिएर मुद्दा प्रक्रिया अघि बढाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया