याक एण्ड यती होटलमा एक लिटर पानीको ४३० रुपैयाँ
काठमाडौं । दरबारमार्गस्थित पाँच तारे होटल याक एण्ड यतीले उक लिटर पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि वितरण गर्दै आएको छ । उसले उपभोक्तालाई ठगी गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
विभागले बजार अनुगमनका क्रममा ३५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेर अत्याधिक नाफा खाएको भन्दै कारबाही गरेको हो । साथै, रिलेवलिङ गरेको तथा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको समेत पाइएको छ । उक्त होटलले म्याद गुज्रिएको सामान समेत विक्री गरेको भेटिएको छ ।
त्यस्तै विभागको टोलीले अन्य व्यवसायीलाई पनि कारबाही गरेको छ । मुल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै काठमाडौं महानगरपालिका २७ मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई ७५ हजार जरिवाना, ललितपुरको हात्तिवनमा सञ्चालित खरिबोट मिनी स्टोर, भक्तपुरमा रहेको माखा किराना स्टोर, काठमाडौं महानगरपालिका २४ मा सञ्चालित न्यू सिर्जना टेलरलाई २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ । कतिपय व्यवसायीलाई सुधार गर्न निर्देशन दिइएको विभागका महानिर्देशक राजन पौडेलले बताए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया