हनि ट्रयापिङमा इन्सपेक्टरविरुद्ध समेत मुद्दा चलाउने तयारी
काठमाडौं । व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर पैसा असुलेको घटनामा ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको मिलेमतो देखिएको छ । छानविन समितिले उनलाई पनि फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको छ । डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार प्रतिवेदन बुझाउँदै आपराधिक समूहसँग इन्सपेक्टरको मिलेमतो रहेको औंल्याएको हो । इन्सपेक्टर शाही हाल निलम्बनमा छिन् । सो घटनामा संलग्न तीन जनालाई ललितपुर प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
गत ७ असोजमा इटहरीका एक व्यापारीलाई भैसेपाटी प्रभागमा थुनामा राखेर ३० लाख दिन लगाइएको थियो । पैसा बुझाएर छुटेपछि माथिल्लो तहका प्रहरीले थाहा पाएपछि घटना बाहिर आई छानविन सुरु भएको थियो । छानविनको क्रममा थप केही प्रहरीको पनि शंकास्पद भूमिका देखिएको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया