हनि ट्रयापिङमा इन्सपेक्टरविरुद्ध समेत मुद्दा चलाउने तयारी

काठमाडौं । व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर पैसा असुलेको घटनामा ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको मिलेमतो देखिएको छ । छानविन समितिले उनलाई पनि फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको छ । डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार प्रतिवेदन बुझाउँदै आपराधिक समूहसँग इन्सपेक्टरको मिलेमतो रहेको औंल्याएको हो । इन्सपेक्टर शाही हाल निलम्बनमा छिन् । सो घटनामा संलग्न तीन जनालाई ललितपुर प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
गत ७ असोजमा इटहरीका एक व्यापारीलाई भैसेपाटी प्रभागमा थुनामा राखेर ३० लाख दिन लगाइएको थियो । पैसा बुझाएर छुटेपछि माथिल्लो तहका प्रहरीले थाहा पाएपछि घटना बाहिर आई छानविन सुरु भएको थियो । छानविनको क्रममा थप केही प्रहरीको पनि शंकास्पद भूमिका देखिएको छ ।
ताजा अपडेट
-
आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
प्रतिक्रिया