कार्तिक महिनामा पनि घट्यो बैंकको ब्याजदर, कुन बैंकले कति घटाए ?
काठमाडौं । कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घटेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटाएका छन् ।
कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् । ब्याजदर घटाएर सार्वजनिक गर्ने बैंकहरूमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् ।
कृषि विकास बैंकले कार्तिक महिनाको लागि व्यक्तिगत निक्षेपको ब्याजदर ५.७५ प्रतिशत कायम गरेको छ । सो बैंकले असोज महिनामा ६.०७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । त्यस्तै कार्तिक महिनाको लागि राष्ट्रिय वाणिज्य बैंकले ५.८०, सिदार्थ ६, लक्ष्मी सनराइज ६, प्राइम कमर्सियल ६, सिटिजन्स ५.७५, नबिल बैंक ६.२५, स्टान्डर्ड चार्टर्ड ६.५०, एनआईसी एसिया ६.९९ र हिमालयन बैंक ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले असोज महिनाकै ब्याजनरलाइ कायम राखेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया