हनी ट्रयाप गिरोहमा मिलेको आरोपमा हवल्दार पक्राउ, इन्सपेक्टर फरार

काठमाडौं । हनी ट्रयापिङ गिरोहसँग मिलेको आरोपमा नेपाल प्रहरीका इन्सपेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत ललितपुरले पक्राउ पूर्जी जारी गरेको हो ।
हाल निलम्बनमा रहेकी इन्सपेक्टर शाही भैंसेपाटी प्रभागको प्रमुख हुँदा एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्काएर ३० लाख रुपैयाँ लिएर छाडेकी थिइन् । हनि ट्रयापिङमा संलग्न एक गिरोहसँग मिलेर उनले पैसा असुलेको पुष्टि भएपछि उनीमाथि पनि अनुसन्धान अघि बढेको हो । पक्राउ पूर्जी जारी भएलगत्तै उनी फरार भएकी छिन् ।
उनका सहयोगी रहेका हवल्दार महेन्द्र नेपाल भने पक्राउ परेका छन् । पक्राउ परेका व्यापारीलाई उनले बैंकमा पैसा लिएर गएको खुलेको छ । इटहरीको ताज इस्लाम नेतृत्वको समूहले इन्सपेक्टर शाहीसँग मिलेर यसरी असुल गरेको हो । हाल ललितपुर प्रहरीले चार जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया