दशैंपछि सरकार ढल्छ भनेर हल्ला चलाइएको छः प्रधानमन्त्री ओली
काठमाडौं । दशैं लगत्तै आफ्नो सरकार ढल्ने भनेर गलत हल्ला फैलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । अबको एक वर्ष नौ महिनापछि मात्र सरकार फेरिने उनको भनाई छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत हल्ला फैसाइएको भन्दै खण्डन गरे । ‘दशैं लगत्तै सरकार ढल्छ भनेर हल्ला गरिएको छ, हाम्रो सरकार खरानीको डल्ला होइन, ’ उनले भने,‘२०८४ सालको दशैं भनेको भए ठिकै हो, नत्र अबको एक वर्ष नौ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ, उहाँले नै चुनाव गराउनुहुन्छ, त्यसपछि नयाँ सरकार बन्छ ।’
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया