दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
घोराही । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।
घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया