घाँस काट्न जाँदा बाघको आक्रमणबाट एक जनाको मृत्यु
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।
वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो ।
छिमेकीसहित घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको प्रहरी उपरीक्षक शाहले जनकारी दिए । थिङको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया