सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई गोर्खा मिडिया नेटवर्क प्रा.लिमा रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले आज उनलाई काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई आजै कास्की लैजानेछ ।
उनले त्यहाँबाट लगेको रकम ग्गालेक्सी टिभीमा अपचलन गरेको अनुसन्धानले देखाएपछि लामिछानेसहित गोरखा मिडियाका पूर्वअध्यक्ष जिबी राई, भुपेन्द्र राईसहति २० जनाविरुद्ध उजुरी परेको थियो ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानविन समितिले सहकारी ठगीमा लामिछानेलाई दोषी ठहर गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया