सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई गोर्खा मिडिया नेटवर्क प्रा.लिमा रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले आज उनलाई काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई आजै कास्की लैजानेछ ।
उनले त्यहाँबाट लगेको रकम ग्गालेक्सी टिभीमा अपचलन गरेको अनुसन्धानले देखाएपछि लामिछानेसहित गोरखा मिडियाका पूर्वअध्यक्ष जिबी राई, भुपेन्द्र राईसहति २० जनाविरुद्ध उजुरी परेको थियो ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानविन समितिले सहकारी ठगीमा लामिछानेलाई दोषी ठहर गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया