अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएका छन्।
अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उनले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताए।
अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सार्मथ्य लगाउन सरोकार भएका सबैलाई निर्देशन दिए। राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा सकारात्मक प्रभाव पर्ने बताए । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया