छानविनमा तानिएका एसपीलाई अख्तियारबाट हटाइयो

काठमाडौं । हनि ट्रयापिङमा संलग्न गिरोहसँग शंकास्पद सम्बन्ध देखिएपछि एसपी कमल थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो ।
हाल ललितपुर प्रहरी परिसरको थुनामा रहेका इटहरीका ताज इस्लामको समूहसँग एसपी थापाको निकटतम सम्बन्ध देखिएको हो । सो समूहले भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेको थियो । जून घटनामा एसपी थापामाथि समेत छानविन भइरहेको छ ।
इस्लामसँग एसपी थापाको पूरानो चिनजान थियो । इन्सपेक्टर शाहीसँग पनि उनले नै भेटघाट गराइदिएको खुलेको छ । इस्लामको समूहले सुरुमा सो योजनाबारे एसपी थापासँग सल्लाह गरेको थियो । एसपी थापाले इन्सपेक्टर शाहीकोमा भेट्न पठाएका थिए । सोहीअनुसार सुनसरीको घटनामा भैंसेपाटीमा मुद्दा दर्ता गर्ने भन्दै धम्काएर ३० लाख असुलिएको थियो ।
त्यसरी पैसा लिएकै दिन इस्लाम र एसपी थापाबीच एयरपोर्टको एक रेष्टुरेन्टमा आधा घन्टा छलफल भएको समेत पुष्टि भएको छ । डिएसपी नरहरी अधिकारी नेतृत्वको छानविन टोलीले एसपीमाथि थप छानविन गर्न सिफारिस गरेको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानविन अघि बढाएको हो । विस्तृत अनुसन्धान भएमा यो घटनामा एसपीविरुद्ध समेत मुद्दा चल्ने आधारहरु भेटिएका छन् ।
यो घटनामा संलग्न इन्सपेक्टर शाही भने फरार छिन् । उनका चालक सहायक हवल्दार महेन्द्र हमाल भने पक्राउ परिसकेका छन् । ललितपुर प्रहरीले संगठित अपराधको कसुरमा समेत अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया