एमालेमा पार्टीको आलोचना गर्न निषेध! तीन नेतालाई सोधियो स्पष्टिकरण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा पार्टीको विषयमा सार्वजनिक रुपमा आलोचना गर्न कडाई गरिएको छ । पार्टी नेतृत्व तथा निर्णयको आलोचना गर्ने तीन नेतालाई स्पष्टिकरण सोधिएको छ ।
आइतबार बसेको सचिवालय बैठकले भिम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनासँग स्पष्टिकरण सोधेको हो । रावल पार्टीका पूर्वउपाध्यक्ष हुन् भने पाण्डे र तिमल्सिना स्थायी कमिटी सदस्य छन् । उनीहरुले विवादास्पद व्यापारी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिने निर्णयको आलोचना गरेका थिए ।
एमालेले उनीहरुलाई कारबाहीको तयारी गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले फेसबुकमा लेख्दै सार्वजनिक रुपमा आलोचना गर्नेप्रति थप कठोर बन्ने संकेत दिएका छन् । उनले लेखेका छन्–
आजको सचिवालयको वैठकले पार्टी निर्णय विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । एकता र अनुशासन पार्टीको बल हो । सबै जना जिम्मेवार र अनुशासित बनौं ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया