आरजु र गगन लिएर देउवा बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । आरजु देउवा र गगन थापालाई लिएर उनी बालुवाटार गएका हुन् ।
कुनै महत्वपूर्ण विषयमा छलफल गर्न देउवा बालुवाटार गएको बताइन्छ । केही दल फुटाउन अध्यादेश ल्याउने ओलीको तयारी छ ।सत्तागठबन्धनको नयाँ रणनीतिबारे छलफल गर्न सो बैठक बस्न लागेको स्रोत बताउँछ । ओलीले पनि छलफलमा एमालेका केही नेतालाई राखेका छन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउपछिको रणनीतिको बारेमा समेत छलफल हुन लागेको बालुवाटार स्रोत बताउँछ ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकार ढाल्न प्रयास भइरहेकाले सजग हुनुपर्ने आइतबारको सचिवालय बैठकमा बताएका थिए ।
प्रतिक्रिया