NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

४० सहसचिवको सरुवा, तीन विभागका महानिर्देशक फेरिए

काठमाडौं । सरकारले ४० सहसचिवको सरुवा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद्ले गरेको सरुवाको निर्णय सोमबार सार्वजनिक भएको हो ।
सरुवामा तीन विभागका महानिर्देशक समेत हटाइएका छन् ।

अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने भुमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटा र उद्योग विभागका यज्ञ कोइरालाको को राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ ।तीन विभागका महानिर्देशकलाई हटाइएपनि नयाँ तोकिएका छन् । सम्बन्धित मन्त्रालयले महानिर्देशकमा खटाउने तयारी गरेका छन्।