ऋण लिएर सेयरमा लगानी गर्ने कि नगर्ने ?
काठमाडाैं । पछिल्लो समय सेयर बजारमा लगानी गर्नेको संख्या ह्वातै बढेको छ । सेयर बजारमा लगानीकर्ताको संख्या जुन रुपले बढ्दो संख्यामा छ त्यसअनुसार लगानीकर्तामा भने वित्तिय साक्षरता निकै नै न्युन रहेको पाइन्छ ।
नबुझीकनै सेयर बजारमा प्रवेश गर्ने र हल्ला र अरुको कुरामा भर परेर सेयरमा लगानी गरेर धेरैले आफ्नो लगानीलाई जोखिममा राखेका छन् । धेरैले घाटा व्योहोरेका छन् । प्राथामिक बजारमा लगानी गर्दा खासै जोखिम नहुने हुँदा बजारसम्बन्धी त्यति ज्ञान नहुँदा पनि फरक पर्दैन । तर दोस्रो बजारमा बढी जोखिम हुने भएकाले आधारभूत विश्लेषण गर्न जानेर मात्रै प्रवेश गरेमा त्यसले लगानीकर्ता आफैलाई फाइदा पुग्ने नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
सानै उमेरबाट सेयर बजारमा प्रवेश गरेकी पोखरेलले प्राथामिक बजारमा भरेको आइपिओबाट राम्रो नाफा कमाएपछि उत्साहित भएर दोस्रो बजार प्रवेश गरिन् । दोस्रो बजार प्रवेश गर्दाको सुरुवाती चरणमा बजारसम्बन्धी त्यति ज्ञान नहुँदा आफूले लगानी डुबाउनुपरेको अनुभव सेयर गर्दै उनले भनिन्, ‘ मैले सेयर बजारमा ठूलाे घाटा खाएकाे छु, किनभने मैले अरूकाे पछि लागेर सेयरमा लगानी गरेँ । प्राथामिक बजारमा जोखिम नभएपनि दोस्रो बजारमा लगानीको जोखिम हुँदा बुझेर मात्रै सेयरमा लगानी गर्नुपर्छ ।’
सेयर बजार दैनिक कारोबार हुने ठाउँ भएकाले बढी जोखिम हुने उनको भनाइ छ । सहरी क्षेत्रका लगानीकर्तामा लगानीसम्बन्धी वित्तिय साक्षरता भएतापनि ग्रामिण क्षेत्रका लगानीकर्तामा भने खासै साक्षरता नभएको पोखरेल सुनाउँछिन् ।
वित्तिय साक्षरताजस्ता कार्यक्रमहरु सञ्चालन गर्नमा बोर्डले जुन भूमिका निभाउनुपर्ने त्यो हुन सकेको छैन । वित्तिय साक्षरताको अभावकै कारण लगानीकर्ताले हत्तारमा सेयर किन्ने र फाल्ने प्रवित्ति रहेको पोखरेलको अनुभव छ । सेयर बजार पुँजीपति वर्गको लागि नभएर मात्रै निम्न आयआर्जन भएको सडकमा मकै बेच्नेदेखि लिएर गृहिनी विद्यार्थी, हरेक वर्गलको लागि सेयर बजार भएका कारणले वित्तिय सचेतना आवश्यक भएको उनले बताइन् ।
पुँजीबजारमा लगानी गर्ने लगानीकर्तामा वित्तिय साक्षरता किन चाहिन्छ, सेयरमा लगानी गर्दा के के कुराम ध्यान दिने, ऋण लिएर सेयरमा लगानी गर्ने कि नगर्ने लगायत विषयमा केन्द्रित रहरेर नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलसँग गरेको कुराकानीको पूरा भिडियो तल हेर्नुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया