बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ
एजेन्सी । उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार बताएको छ ।
घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको मध्य र दक्षिणी भागहरूमा पहिले नै सम्पन्न भइसकेको खोप अभियानअन्तर्गत दोस्रो चरणको खोप बुधबार गाजा पट्टीको उत्तरमा सुरु हुने अपेक्षा गरिएको थियो ।
तर डब्ल्यूएचओले उत्तरी गाजामा १ लाख १९ हजार २७९ बालबालिकालाई खोप लगाउने अभियान स्थगित गर्न बाध्य भएको बताएको छ ।
इजरायलले यस महिना हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्ने वाचा गर्दै उत्तरी गाजामा भयानक हवाई र भूमि आक्रमण सुरु गरेको हो ।
“बढ्दो हिंसा, तीव्र बमबारी, सामूहिक विस्थापन आदेश, र उत्तरी गाजाको अधिकांश भागमा सुनिश्चित मानवीय विरामको अभावका कारण यो खोप अभियान स्थगित गरिएको थियो”, डब्लुएचओले भन्यो ।
“नागरिक पूर्वाधारमा चलिरहेको आक्रमणले उत्तरी गाजामा जनताको सुरक्षा र आवागमनलाई खतरामा पार्दै आएको छ, जसले परिवारहरूलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन साथै स्वास्थ्य कार्यकर्ताहरू सञ्चालन गर्न असम्भव बनाएको छ”, यसले बताएको छ ।
गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो घटना पुष्टि गरेपछि खोप अभियान सुरु भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया