NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २७ गते

डिआइजीले आइजिपीलाई झुक्याएपछि..

काठमाडौं । प्रहरीमा चेन अफ कमाण्ड कमजोर हुँदै गएको छ । कतिसम्म भने डिआइजीले आइजिपीलाई झुक्याएर प्रहरी परिचालन गर्दै आएको खुलेको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई झुक्याएका हुन् । आइजिपीले सो कुरा थाहा पाएपछि उनलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अघि बढाएका छन् ।

विगतमा बदनाम रहेका एक घुमुवालाई आइजिपी कुँवरले यसअघि कारबाही गर्न निर्देशन दिएका थिए । ती प्रहरीको दुवही गणमा सरुवा भएको थियो । तर, गणमा कार्यरत रहेको देखाएर उनलाई डिआइजी खापुङ र एसपी नवराज कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङमा घुमुवाका रुपमा खटाएका थिए ।

सो कुरा पत्ता पाएपछि आइजिपी कुँवरले डिआइजीमाथि कारबाही गर्न लागेका हुन् ।
एसपी कार्कीलाई भने जिम्मेवारीबाट हटाएर छानविन सुरु गरिएको छ । उनले क्रिप्टोकारोबार गर्नेसँग घुमुवा खटाएर ४० लाख असुलेका थिए । यसमा डिआइजी खापुङको समेत शंकास्पद भूमिका देखिएको छ । इन्सपेक्टर बिक्रम भट्टराईले नै आफुले पैसा लिएर एसपीलाई बुझाएको बताउँदा पनि निलम्बन भएको छैन ।