NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

साफ वुमन्स च्याम्पियन्सिपमा आज दुई खेल हुँदै, नेपालको प्रतिस्पर्धा भारतसँग

काठमाडौं । साफ युवमन्स च्याम्पियन्सिपको सेमिफाइनलअन्तर्गत आज आज दुई खेल हुँदैछन् । पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ भने दोस्रो खेल नेपाल र भारतबीच हुँदैछ ।

एन्फाका अनुसार आजको पहिलो खेल साढे १ बजेका लागि तय छ । नेपाल र भारतको दोस्रो खेल भने साँझ ६ः३० बजे हुनेछ ।

नेपाल जित निकाल्ने लक्ष्यसहित आज मैदानमा उत्रिँदैछ । पाँच पटकको साफ च्याम्पियन भारत पनि जितको सिलसिलालाई निरन्तरता दिने दाउमा छ ।

भुटान भने पहिलो पटक सेमिफाइनल पुगेको हो । अहिलेसम्मका सात वटै संस्करणमा सेमिफाइनलमा पुगेको बंगलादेशसँग भुटानको प्रतिस्पर्धा सहज हुने छैन ।