तिहार नआउँदै सयपत्री फूलको अग्रिम माग

झापा । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन थालेको हो ।
विर्तामोड नगरपालिका–९ की सुष्मा भण्डारीले १० कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । “यसवर्ष फूलखेती राम्रो सप्रेको थियो, वर्षाका कारण धेरै बिरुवा मरे”, उनले भने, “सोच जति फूल फूलाउन सकिएन, मालाको माग धेरै छ तर उत्पादन कम भयो ।”
भण्डारीले विगतमा जस्तै फूलको एक महिना अघिदेखि माग आइरहे र उत्पादन कम भएकाले पु¥याउने अवस्था नरहेको बताए । यहाँ प्रतिकेजी रु तीन सय ५० का दरले फूलको मूल्य तोकिएको छ ।
तिहारमा मात्र होइन न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री नेपालीहरुले धेरै मन पराउने फूलमा पर्छ । सभा समारोह सजाउन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्ने गरिन्छ । नेपालमा भने यसको उत्पादन वृद्धि नहुँदा भारतबाट महँगोमा आयात गरेर माग धान्नु परिरहेको व्यापारीहरु बताउँछन् । पुष्प व्यवसायी भण्डारी फूलमाथिको परनिर्भरता हटाउन यहाँका किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले अग्रसर हुनुपर्ने बताउछन् ।
विगतमा जिल्लामा २० बिघा भन्दाबढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आए पनि यसवर्ष भने घटेको अनुमान छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायत किसानले पाँच कठ्ठादेखि एक बिघामा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गरिरहेका छन् ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया