दूध बेचेर मनग्य आम्दानी गर्दै किसान
चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।
विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर रु आठ लाख १२ हजार ४५५ कमाउन सफल भएका छन्।
सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुन् । उनले एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर रु छ लाख १६ हजार ३२० कमाउन सफल भएका छन् ।
तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर रु पाँच लाख ४८ हजार ४४३ कमाउनुभएको छभने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर रु पाँच लाख १३ हजार ७०० हात पारेका छन् ।
एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर रु दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए ।
चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा रु एक करोड २३ लाख १० हजार बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया