NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

हनि ट्रयाप काण्डमा फरार इन्सपेक्टर गृह मन्त्रालयकै संरक्षणमा ?

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सक्ने प्रहरीले आफ्नै इन्सपेक्टरलाई भने पक्राउ गर्न सकेको छैन । हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाही एक महिनादेखि फरार छिन् । उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले नै चासो दिएको छैन ।

भैंसेपाटी प्रभागको प्रमुखमा रहँदा उनले एक व्यवसायीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरेर छाडेकी थिइन् । माथिल्लो निकायले जानकारी पाएर छानविन गर्दा त्यसमा इन्सपेक्टरमै मिलेमतो देखिएपछि उनलाई निलम्बन गरिएको थियो भने पक्राउ पूर्जी समेत जारी भयो । तर, उच्च प्रहरी अधिकारीकै दबाबमा उनलाई पक्राउ गरिएन । अहिले गृह मन्त्री रमेश लेखक निकटका केही व्यक्तिहरु समेत उनलाई जोगाउन लागिपरेको प्रहरी स्रोत बताउँछ ।

हाल ललितपुर प्रहरीले इन्सपेक्टर शाहीका चालक महेन्द्र हमालसहित चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । गिरोहका नाइके ताज इस्लामसँग मिलेर उनले मोरङका एक व्यापारीलाई गत ७ असोजमा थुनामा राखेर लेनेदन गराएकी थिइन् । इस्लामसहित सुष्मा विक, भिमादेवी थापा लगायत थुनामा छन् ।

सो घटनामा मुछिएका एसपी कमल थापालाई समेत जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली निकट नै सक्रिय भएर लागेका हुन् । हनि ट्रयापिङ गिरोहलाई इन्सपेक्टर शाहीसँग भेट गराएर सेटिङ उनले नै मिलाइदिएका थिए ।
यती गम्भीर घटनामा संलग्न इन्सपेक्टरलाई पक्राउ गर्न चासो नदिएकोमा प्रहरी नेतृत्वमाथि समेत प्रश्न उठेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष