प्रहरीकै इन्सपेक्टर एक महिनादेखि फरार
काठमाडौं । सिंगो प्रहरी संगठनकै बदनाम गराउने गरी हनि ट्रयापिङ गिरोहसँग मिलेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही एक महिनादेखि फरार छिन् । उनलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । जबकी अदालतते उनलाई पक्राउ गर्न अनुमति दिएको एक महिना हुन लागिसकेको छ ।
इन्सपेक्टर शाही प्रहरी प्रभाग भैंसेपाटीको प्रमुख हुँदा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडेकी थिइन्। जून घटनामा उनका चालकसहित चार जना हाल प्रहरी हिरासतमा छन् ।
इन्सपेक्टर पक्राउ नपर्दा सो घटनाका कतिपय विषय अझै अधुरै छन् । इन्सपेक्टर र गिरोहका नाइके ताज इस्लामबीच कसरी सम्पर्क भयो भन्ने विषयमा अझै अष्पष्ट छ ।
कतिसम्म भने प्रहरीले इन्सपेक्टरको मोबाइल फरेन्सिक ल्याबमा समेत पठाएको छैन । जसकारणमा यसमा संलग्न अन्यलाई जोगाउन लागिएको आशंका गरिएको छ । घटनामा पर्दा पछाडि रहेका एसपी थापाकै चलखेलका कारण अनुसन्धान प्रभावित भएको प्रहरी उच्च स्रोत बताउँछ । छानविन समितिमा समेत उनले बयान दिन अस्वीकार गरेकी थिइन् ।
निलम्बित इन्सपेक्टर शाही यो घटनामा मिल्ने मात्र होइन प्रमाण नष्टमा समेत संलग्न देखिएकी छिन् । उनले अभियुक्त ताज इस्लामको मोबाइल प्रहरी कार्यालयबाटै गायब बनाएकी थिइन् । साथै, मिलापत्र गरवापत पीडितसँग डेढ लाख रुपैयाँ लिएको खुलेपनि त्यसमा समेत विस्तृत छानविन हुन सकेको छैन । गम्भीर घटनामा मुछिएकी इन्सपेक्टर एक महिनासम्म पक्राउ नपर्नुले संगठनले नै उनलाई जोगाएको आशंका बढेको छ ।
ताजा अपडेट
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल
-
आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
-
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
प्रतिक्रिया