NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

दीपक मनाङे भूमिगत, पक्राउ गर्न सकेन प्रहरीले

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद दिपक मनाङे भनिने राजीव गुरुङलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । मंगलबार मनाङेलाई सर्वाेच्च अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद सुनाएको थियो ।
दुई तहको अदाललते दोषी ठहर गरेपछि त्यो सजाय भुक्तान गर्नुपर्ने हुन्छ । तर, मनाङे मंगलबारदेखि नै फरार भएका छन् । उनलाई पक्राउ गर्न प्रहरी टोली परिचालित भएपनि उनलाई पक्राउ गर्न सकेको छैन ।
२०६१ सालमा डन चक्रे मिलनलाई खुँडा प्रहार गरी हत्या प्रयासको घटनामा मनाङे दोषी ठहर भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष