उपनिर्वाचनमा बालेनले पनि उम्मेदवार उठाउने तयारी

काठमाडौं । आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र(बालेन) शाहले पनि आफु निकटहरूलाई चुनाव लडाउने तयारी गरेका छन् । पार्टी दर्ता नगरेपनि स्वतन्त्र उम्मेदवार उठाउने उनको तयारी छ ।
केही सहरी क्षेत्रमा उनले उम्मेदवार छान्न छलफल गरिरहेको स्रोत बताउँछ ।
कीर्तिपुरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका राजमान मानवले आफु बालेनको समर्थनमा उम्मेदवार बन्न लागेको बताएका छन् । बालेनको सचिवालयसँग कुरा भइरहेको उनले बताए । धरानका मेयर हर्क साम्पाङले भने आफुलाई समर्थन दिइसकेको उनको दाबी छ ।
त्यस्तै, काठमाडौं महागनरपालिका १६ मा पनि बालेनको समर्थनमा चुनाव लडाउने तयारी भइरहेको छ । तर, उम्मेदवार तय भइसकेको छ । बालेन निकट रहेका रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको समेत नाम चर्चामा छ । केही कलाकारहरुसँग पनि बालेनको टिमले सल्लाह गरिरहेको स्रोत बताउँछ ।
साढे दुई वर्षअघिको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा बालेनले अप्रत्याशित जित हात पारेका थिए । उनी लौरो चुनाव चिन्ह लिएर लडेका थिए । तर, उनका उम्मेदवारले भने रोजेअनुसारको चुनाव चिन्ह पाउने छैन । निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह तय गर्दछ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया